जापानले ५८ अस्पतालका लागि १६९ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने

काठमाडौं।नेपालमा बढ्दो कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि जापान सरकारले ५८ अस्पतालमा कोरोना संक्रमणको उपचार गराउन सहयोग पुग्ने गरि १ सय ६९ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ।
यस्तै, ६ वटा सुविधा सम्पन्न एम्बुलेन्स तथा २५ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम उपलब्ध गराउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ।
दूतावासले मंगलबार सार्वजनिक गरेको विज्ञप्तीमा २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम हस्तान्तरण गरिसकेको पनि जनाएको छ।
‘अल्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज छ। यो पोर्टेबल हो। यसले कोभिड–१९ बिरामीको उपचारमा सहजता हुनेछ,’ स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा जापानी राजदूत किकुता युताकाले भने।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर