इजरायलमा नेपाली कामदार सुरक्षित

इजरायलमा नेपाली कामदार सुरक्षित तस्वीर : एएफपी

तेल अभिभ। इजरायलमा कार्यरत २५ सय नेपालीहरू सुरक्षित अवस्थामा रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

इजरायल र प्यालेस्टाइनको बिद्रोही समूह हमासबीच विगत ८ दिनदेखि गाजापट्टीमा आफ्नो वर्चश्व स्थापित गर्न युद्ध चलिरहेको छ। यस युद्धमा २ सय १० जनालाई ज्यान गुमाइसकेका छन् भने अर्बो रूपैया क्षतिग्रस्त भएको छ।

यस हिंसामा ६० बालबालिकाको निधन भइसकेको छ, जसमा ३७ महिला छन्। मर्नेहरूको सूचीमा १० इजरायली छन् भने बाँकी सबै प्यालिस्टिनी हुन्। न्युयोर्क टाइम्सका अनुसार सोमबार मात्र इजरायली सेनाले गाजापट्टीको कूल ३५ स्थानमा १ सय १० रकेट छोडेको थियो। यो कार्यवाही २० मिनेट चलेको र यसमा इजरायली एयरफोर्सको ५४ फाइटर जेटले भाग लिएको बताइएको छ।

हमासले सुरुमा गरेको बमबारीबाट जोगिन गाजा क्षेत्रमा कार्यरत सयभन्दा बढी नेपालीहरू गत सातादेखि नै बंकरमा लुकेर बसेका छन्। तेल अभिभलगायत अन्य ठाउँमा सरकारी अल्र्टअनुसार साइरन बजेको ४० सेकेण्डमा नेपालीहरू बंकरभित्र प्रवेश गरिसक्छन्।

‘अहिलेसम्म नेपालीहरू सुरक्षित छन्। कुनै अप्रिय समाचार छैन,’ इजरायलका लागि नेपाली राजदूत डा.अन्जना शाक्यले बताएकी छिन्।

इजरायलमा २५ सय नेपाली कामदार कार्यरत रहेपनि नेपाली भाषी ५५ सयको हाराहारीमा छन्। भारतबाट गएका नेपाली भाषीको संख्या ३ हजारको हाराहारीमा छ।