माओवादी केन्द्रको प्रवास संगठन विस्तार, मध्यपूर्वमा ओली र एसियामा थापालाई संयोजकको जिम्मेवारी

माओवादी केन्द्रको प्रवास संगठन विस्तार, मध्यपूर्वमा ओली र एसियामा थापालाई संयोजकको जिम्मेवारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अन्तर्रास्ट्रिय समन्वय समितिको विस्तारित बैठकले प्रवासका विभिन्न संगठनहरुको पुनर्गठन गरेको छ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नेपाली जनप्रगतिशील मञ्चको पुनर्गठन गरेको हो।

पुनर्गठित मध्यपूर्व क्षेत्रिय संयोजकमा शनिकुमार ओली कतार र सचिवमा हरि नेपाली यूएई रहेका छन्।

एशिया प्यासिफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र सचिवमा रमेश तिवारी मलेशिया रहेका छन् । त्यस्तै मलेसियाको अध्यक्षमा प्रेम पान्डे र रुपधन घर्तिमगर सचिवमा चयन भएका छन्। अन्य क्षेत्रिय समितिहरुका बारेमा छलफल भइरहेको र छिट्टै गठन हुने अन्तर्रास्ट्रिय समन्वय समितिका अध्यक्ष युवराज चौलागाईले बताए।

नेपाली जनप्रगतिशिल मंचको मध्यपूर्व क्षेत्रअन्तर्गतका देशहरुमध्ये कतारमा रकमध्वज राई अध्यक्ष र सचिवमा मोहन कार्की, यूएईमा अध्यक्ष बाबुराम बिश्वकर्मा र सचिवमा रवीरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिवराज जैसी र सचिवमा रामचन्द्र वाग्ले चुनिएका छन्।

ओमनको अध्यक्षमा उमेश विक र सचिवमा पुर्ण विक, बहराइनको अध्यक्षमा युवराज केसी र सचिवमा कमल घिमिरे, कुवेतको अध्यक्षमा मनबहादुर भुजेल (मनु मगर) र सचिवमा राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा अनिरुद्र शर्मा र सचिवमा दिपेन गुरुङ चयन भएका छन्।

यसैगरि जनप्रगतिशिल मञ्चको मध्यपूर्व क्षेत्रिय समितिका सदस्यमा प्रेम कुमार विक कतार, जेबी राई कतार, निर्मल शाही साउदी अरब ,पदम अर्याल ओमन, जीवन श्रेष्ठ बहराइन रहेका छन्। मध्यपूर्वका सबै देशका अध्यक्षहरु पदेन सदस्य रहने क्षेत्रिय संयोजक ओलीले बताए।

क्षेत्रिय संयोजक भएपछि ओलीले मध्यपूूर्वका सम्पुर्ण नेपाली श्रमिकलाई संगठित गर्दै उनीहरूको पक्षमा आवाज उठाउने बताए। जनयुद्दको सुरुवातिदेखि नै पार्टीको लागि लडेका ओली जनयुद्द सकिएपछि कतार प्रवेश गरेका थिए। हाल मध्यपुर्वमा हजारौं माओवादी कार्यकर्ता र समर्थक रहेका छन्।