चीनमा दुलही नभेट्दा ३ करोड पुरुष विवाहबाट बञ्चित

चीनमा दुलही नभेट्दा ३ करोड पुरुष विवाहबाट बञ्चित

बेइजिङ। विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश चीनमा तीन करोड पुरुषको विवाह हुनसकेको छैन।

१ सय ४० करोड जनसंख्या भएको चीनमा हालै जनगणना सम्पन्न भएको थियो। चिनियाँ मिडियाका अनुसार चीनमा लामो समयदेखि पुरुषलाई प्राथमिकता दिँदा यस्तो अवस्था आइपुगेको हो।

यस वर्ष बालिकाको जन्ममा पनि उल्लेख्य बृद्धि भएको छ। तर, महिला र पुरुषबीचको अन्तरमा ठूलो अन्तर छ। गत वर्ष चीनमा १ करोड २० लाख शिशुको जन्म भएको थियो। यसमा प्रति सय केटीको तुलनामा १ सय ११ दशमलव ३ प्रतिशत केटाको जन्म भएको थियो। २०१० मा सय केटीको तुलनामा १ सय १८ दशमलव १ केटाको संख्या थियो।

चिनियाँ प्रोफेसर बिजोर्न एल्परम्यान पुरुषको विवाह गर्ने समय महिलाको कमि हुने गरेको बताउँछन्। उनी गत वर्ष जन्मिएका १ करोड २० लाख शिशुको विवाह हुनेबेला ६ लाख केटाहरूलाई दुलहीको अभाव हुने दावी गर्छन।