यूएईमा बैंकमा जागिर खान चाहनुहुन्छ? तलब ५ हजार दिराम

दुबई। के तपाई युनाइटेड अरब इमिरेट्स (यूएई) को बैंकमा काम गर्न इच्छुक हुनुहुन्छ? यदी हुनुहुन्छ भने तपाईहरूका लागि खुसीको खबर छ। कोरोना महामारीका बीच पनि यूएईको बैकिङ क्षेत्रले जागिरका लागि भर्ना खोलेको छ।
यूएईको अग्रणी बैकले ‘सेल्स अफिसर’ का लागि दुई दिनको म्याराथन अन्तर्वार्ता बुधबार अर्थात १९ मेदेखि खोल्न लागेको हो। बैंकले तलबको रूपमा ५ हजार दिराम र लक्ष्य पुरा गर्ने कर्मचारीलाई थप बोनसको व्यवस्था गरेको छ।
जागिरका लागि आवेदकको बोल्ने शैली राम्रो हुनुपर्ने, सम्बन्ध स्थापित गर्न जान्ने र यूएईमा दुईदेखि तीन वर्ष व्यक्तिगत ‘लोन–सेल्स’ मा काम गरेको अनुभव हुनुपर्ने सर्तअघि सारिएको छ।
बायात डटकमले गत मार्चमा गरेको सर्भेमा यूएई कम्पनीहरूले पछिल्लो पल्ट जुनियर एक्ज्युकेटिभ बढी मात्रामा भर्ना गर्ने गरेको तथ्यांक उजागर भएको थियो। हाईस्कूल डिप्लोमा गरेका र सो सरहका अन्य आवेदकले पनि जागिरका लागि निवेदन दिनसक्ने छन्। अरबिक र बिलिङगुआल बोल्ने आवेदकलाई थप सुविधा हुने जनाइएको छ।
अन्तर्वार्ता १९ र २० मेमा बिहान १०देखि दिउँसो २ बजेसम्म मसुद टावर–२, अफिस नम्बर ३०२–२०४, अर्को अल फुटिम टोयटा अटो मल, पोर्ट सइद देइरा, दुबईमा हुनेछ।