अक्सिजन सिलिण्डर सहयोगी मनहरुलाई दूतावासको धन्यवाद

मनामा। अक्सिजन सिलिण्डर नेपाल पठाउन सहयोग गर्ने व्यक्ति तथा संघ संथालाई बहराइनस्थित नेपाली दूतावासले कृतज्ञता ज्ञापन गरेको छ ।
केही दिनअघि ओमनबाट ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाइएको थियो । जसमा १०० अक्सिजन सिलिण्डरको लागि बहराइनमा बस्ने नेपाली नागिरक तथा विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए । दूतावासले एक विज्ञप्ती जारी गर्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेको हो ।
दूतावासले १०० सिलिण्डर खरिदका लागि छोटो समयमै ४५०० डीबी अर्थात झण्डै १३ लाख ९० हजार नेपाली रुपैयाँ संकलन भएको जनाएको छ ।
ताजा अपडेट

प्रवास खबर
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो सुन बरामद

प्रवास खबर
रुसी सेनामा झण्डै २ हजार नेपाली

प्रवास खबर