कर्मचारीमा कोरोना देखिएपछि रियादस्थित नेपाली दूतावासको सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि रियादस्थित नेपाली दूतावासको सेवा बन्द

रियाद । साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले आफ्नो सेवा बन्द गरेको छ । दूतावासमा कार्यरत कर्मचारीमा कोभिडको संक्रमण पुष्टि भएपछि भौतिक रुपमा दिइने सेवा बन्द गरिएको हो ।

दूतावासले विज्ञप्ती जारी गर्दै भौतिक रुपमा उपस्थित भएर लिइने सम्पूर्ण सेवा अर्काे सूचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।

अत्यावश्यक काम परेमा भने टेलिफोनमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।