अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन बेलायतमा उच्चस्तरीय समिति गठन

अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन बेलायतमा उच्चस्तरीय समिति गठन

लण्डन। कोरोना महामारीले अक्सिजन नपाउने अवास्था सिर्जना भएपछि एनआरएनएले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ नाम दिएर सहयोगका लागि अभियान नै थाले । यसै अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन गर्न थालेका छन् ।

सहयोग संकलन कार्यलाई अझ प्रभावकारी बनाउनुका साथै उठेको सहयोग नेपाल पठाउने प्रायोजनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा एक उच्चस्तरिय समिति नै गठन गरेको छ ।
समितिमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, उपमेयर लक्ष गुरुङ, काउन्सिलर जीव बेल्वासे, एनआरएनए यूके संरक्षकहरु, एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोकासहितका पदाधिकारी पनि सदस्य रहनेछन् ।

नेपाली दूतावास लण्डनको संयोजनमा शनिबार विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्न यो समितिको घोषणा गरेको हो ।
समितिले छिट्टै नै सहयोग संकलन गरेर अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने जानाएको छ ।