लयमा फर्किदै मस्कट, प्रतिबन्ध लचिलो

लयमा फर्किदै मस्कट, प्रतिबन्ध लचिलो फाइल फोटो

मस्कट । ओमनको मस्कट नगरपालिकाले शनिबारदेखि जिमबाहेक सम्पूर्ण व्यवसायिक क्रियाकलाप खुला गरेको छ। मस्कटको आधिकारिक निकाय मस्कट सम्पर्क केन्द्रले बताएअनुसार ग्राहकहरू खाद्य स्टोरमा दिनभर प्रवेश गर्न सक्ने छन्।

सपिङ मल, रेस्टुरेन्ट, पसल र क्याफेमा भने बेलुकी ८ बजेसम्म ५० प्रतिशत ग्राहकले मात्र प्रवेश अनुमति पाउने छन्।

सम्पर्क केन्द्रले स्पष्ट गरे अनुसार पुनः खोल्न पाउने पसलमा गाडी मर्मत गर्ने पसल, कपाल काट्ने सैलुन, ब्युटी सैलुन, गाडी धुने लगायत पर्दछन्।

जिम, खेलकुद क्लब ,घाँसे खेल मैदान अर्को सूचना नभएसम्मको लागि बन्द हुनेछन्।

व्यवसायिक स्टोर खुले पनि ती स्टोरमा १२ बर्ष मुनिका बालबालिकालाई पूर्ण रुपमा प्रवेश निषेध गरिएको छ।

१३ मे,२०२१ मा सुप्रिम कमिटीले जारी गरेका तीन मुख्य निर्णय यसप्रकार छन्।

१० व्यक्ति र सवारीसाधनको आवागमनमा लगाइएको प्रतिबन्ध कार्यान्वयनको अन्त्य भएको छ।

२० बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म ओमनका सबै गभर्मेन्टमा स्टोर भित्रका ग्राहकका लागि व्यवसायिक गतिविधि गर्न निषेध गरिएको छ। डेलिभरी र ह्यान्डलिङ सेवाको प्रावधान भएसँगै खाद्य स्टोरलाई प्रतिबन्ध हटाइएको छ।

यस सन्दर्भमा समितिले यो पनि स्पष्ट गरेको छ कि मल, व्यवसायिक पसल,रेस्टुरेन्ट र क्याफेमा हुने प्रवेश दर घटाउने उद्देश्यले ग्राहकको अनुमति अवधिमा क्षमताको ५० प्रतिशतभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाइनेछ।

३० राज्यको प्रशासनिक इकाई र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने एकाइमा उपस्थित हुन आवश्यक पर्ने कर्मचारीको संख्या घटाउने निर्णयसँगै काम पुनः सुरु गर्न कर्मचारीको कुल संख्याको ५० प्रतिशत कर्मचारी कार्यस्थलमा उपस्थित हुन पाउने छन्। तर, यसमा पनि भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेछ।