संकटमा पुष्पले अघि बढाए हात, दिए कोरोना बिरामीलाई साथ

संकटमा पुष्पले अघि बढाए हात, दिए कोरोना बिरामीलाई साथ

काठमाडौं । कोभिड–१९ को दोस्रो भेरियन्टले आक्रामक रुप लिँदै गएपछि केही सातादेखि नेपालका अस्पतालमा अक्सिजनको सर्टेज भएको छ । अस्पताल पुगेपनि अक्सिजनको अभावमा मानिसहरुले ज्यान गुमाएको कारुणिक दृष्यहरु आइरहेका छन् ।

अक्सिजनको अभाव भएसँगै कयौं मनकारी मनहरुले साथ सहयोग गर्दै आइरहेका छन् । यस्तै कलाकारहरु पनि सहयोगको लागि अग्रसर भइरहेका छन् । अभिनेता पुष्प खड्काले ५० सिलिण्डर अक्सिजन सहयोग गरेका छन् ।

कामाजिक कार्यमा सक्रिय पुष्पले सुदूरपश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि उक्त सहयोग गरेका हुन् । पुष्पले सामाजिक कार्यमा निरन्तर लागिरहेका कैलालीका केपी खनालको मैनादेवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् ।

अभिनेता पुष्पले प्रवास खबरसँग कुरा गर्दै भने, ‘यस्तो महामारीको बेला सबैले सक्दो सहयोग गर्नुपर्छ । मैले पनि सकेको सहयोग गरेको हुँ ।’ उनले अगाडि भने, ‘अझै धेरै संघ संस्थाहरुले सहयोगको अपीलसमेत गरेका छन् । सबैसँग कुरा हुँदैछ । सक्दो सहयोग गर्छुँ ।