कोरोना महामारीमा पानीको ठूलो महत्व

काठमाडौं। कोरोना महामारीमा पानीको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ। अहिले गर्मीको मौसम पनि छ। यस्तो अवस्थामा पानीको महत्व झन् बढ्ने पक्का छ। हामी नेपालीहरू यथस्ट पानी पिउने विषयमा अलि अल्छी गर्छो। यसले विभिन्न रोग निम्त्याउने गरेको सत्यता छ।
लोग्ने मान्छेले दिनमा करिब चार लिटर पानी अनिवार्य पिउनुपर्ने स्वास्थ्य संगठनको दावी छ। महिलाले पनि दिनमा कम्तिमा तीन लिटर पानी त पिउनै पर्छ।
हामीले पानी पिउने बानीलाई कसरी सुधार्ने? यस विषयमा विज्ञहरूको यस्तो राय छः
टाइमर लगाउनु उपयुक्त
पानी पिउने बानी सुधार्न आफ्नो मोबाइल अथवा घडीको अलार्म करिब एक घण्टा वा डेढ घण्टाको अन्तरालमा राख्दा उपयुक्त हुन्छ। अलार्म बज्ने वित्तिकै तय गरिएको पानी पिउदा बिर्सने सम्भावनाबाट मुक्त हुन सकिन्छ।
एकैपल्ट धेरै पानी पिउनु पनि स्वास्थको हिसाबले राम्रो मानिदैन। यसका लागि एकपल्टमा आधा वा एक चौथाई पानी पिउदा उचित हुन्छ।
पानीमा ‘फ्लेबर’ हालेर
पानी मात्र पिउन धेरैलाई अल्छी लाग्ने गरेको पाइन्छ। त्यसैले यो समस्याबाट मुक्ति पाउन सादा पानीमा आफूलाई मनपर्ने ‘फ्लेबर’ हालेर राख्दा पिउन आनन्द लाग्ने गर्छ। यी फ्लेबर पानीमा राख्दा तीन घण्टाभन्दा बढी समय राख्नु उपयुक्त हुँदैन। यसबीचमा शर्बत जस्तो बनाएर बेलाबेलामा पिउदा हुन्छ।
पिउने बोतलमा चिन्ह लगाउ
आफ्नो मनपर्ने पानीको बोतलको बाहिरी सतहमा चिन्ह लगाएर राख्दा पनि पानी पिउन मन लाग्छ। जतिबेला पानी पिउने हो र जतिपल्ट पिउने हो, बोतलमा चिन्ह लगाएर त्यसैको आधारमा पानी पिउदा झुक्किने सम्भावना रहदैन। यसले एक पल्टमा पानी कति पिउने त्यसको बानी पार्छ।
अन्य भोजनसँगै पानी पिउने
पानी मात्र पिउन धेरैलाई अल्छी लाग्ने गरेको छ। यस्तो अवस्थामा कुनै फल अथवा तरकारी दिनमा दुई तीन पल्ट खाने र यो लगत्तै पानी पिउने बानी बनाउदा राम्रो हुन्छ। यस्तै, पानीको मात्रा बढी भएको फल खर्बुजालगायत खादा पनि यसबाट पानीको मात्रा शरीरमा भित्रिने सम्भावना रहन्छ। यस्ता खाना र फलबाट पानी लिँदा दिउँसोको समय उपयुक्त रहन्छ। राती नखादा राम्रो हुन्छ।
ताजा अपडेट
