रहेनन् वरिष्ठ निर्देशक चेतन कार्की

रहेनन् वरिष्ठ निर्देशक चेतन कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक, लेखक तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ ।

कोरोना संक्रमित भएका उनको आइतबार ८४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएपछि छाउनी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उनको निधनप्रति चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनुपरेको उल्लेख गरेका छन् । यस्तै, नायिका करिश्मा मानन्धरले चेतन कार्की आफ्नो लागि वास्तविक हिरो भएको उल्लेख गरेकी छिन् ।

उनले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । जुन सफल चलचित्र थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथासमेत लेखेका छन् ।