मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍याे नेसनल कस्ट्युम, जितका लागि भोटको खाँचो

मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍याे नेसनल कस्ट्युम, जितका लागि भोटको खाँचो

काठमाडौं । मिस यूनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु भएको छ । प्रतिस्पर्धामा शनिबार बिहान ७५ जना प्रतिस्पर्धीले आ–आफ्नो देशको राष्ट्रिय पोशाक प्रस्तुत गरेका छन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी अनिष्का शर्माले पनि नेसनल कस्ट्युम प्रस्तुत गरेकी छिन् । उनले हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । उक्त पोशाक महावीर पुन र बीना घलेले डिजाइन गरेका हुन् ।

सोमबार मिस यूनिभसैको फिनाले छ । शनिबारदेखि नै नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ र आइतबार बिहानसम्म भोटिङ नतिजा सार्वजनिक हुनेछ ।