अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन कोरियामा रहेका नेपालीले थाले अभियान

अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन कोरियामा रहेका नेपालीले थाले अभियान

सौैल । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण कोरियाको समन्वयमा कोरियामा बस्ने नेपालीहरुले अक्सिजन कन्सन्ट्रेटर पठाउन अभियान थालेका छन् ।

पछिल्लो समय नेपालमा कोभिड–१९ को महामारीमा थोरै भए पनि राहत पुग्ने हेतुले १ सय अक्सिजन कन्सन्ट्रेटर पठाउनअभियान थालेको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

अध्यक्ष सुवेदीले सानो सहयोगले थुप्रै मानिसको ज्यान जोगाउन सकिने भन्दै कोरियामा रहेका विभिन्न संघ–संस्था, अभियन्ता तथा कोरियावासी नेपालीलाई आग्रह गरेका छन् ।

सहयोगको बिवरण प्रत्येक दिन संलग्न संस्थाका फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।