कोरोना संक्रमित कलाकार शिवहरी आइसीयूमा

कोरोना संक्रमित कलाकार शिवहरी आइसीयूमा

काठमाडौं । हाँस्य कलाकार तथा निर्देशक शिवहरी पौड्याल पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शुक्रबार संक्रमणको कारण श्वासप्रश्वासमा समस्या आएपछि उनलाई काठमाडौंको नैकापमा रहेको एपीएफ अस्पतालमा राखिएको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिँदैछ ।

अन्यकलाकार मदनकृष्ण श्रेष्ठ, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलगायत पनि कोरोनाबाट संक्रमित भएका छन् ।