कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन

कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन

काठमाडौं । अभिनेता भुवन केसीले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणले निधन भएको छ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत निर्देशक सुबोधको निधन भएको पुष्टि गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा एक पोष्ट लेख्दै यो दुःखद् खबरले स्तब्ध भएको बताएका छन् । उनले जीनियस दिमाग भएका सुबोध नरहेपनि उनका काम सधैँ चलचित्र क्षेत्रमा रहने बताएका छन् ।
साथै उनले सुबोधको सपना पुरा गर्न काजल फिल्मको टिम लागि पर्ने बताउँदै सुबोदलाई श्रद्धाञ्जली दिएका छन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रलाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना भएको थियो । चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा थिए ।