प्रवासी नेपालीको अभियान ‘अक्सिजन पठाऔँ, आफन्त बचाऔँ’

प्रवासी नेपालीको अभियान ‘अक्सिजन पठाऔँ, आफन्त बचाऔँ’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यानबचाऔँ’ अभियान सुरु गरेको छ ।

कोभिड १९ को दोश्रो लहरले मातृभूमी नेपाल आक्रान्त भए पछि अस्पतालमा अक्सिजन, आइसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्न थाले पछि संघले सो अभियान सुरु गरेको हो ।

संकटको घडीमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका साथ आर्थिक संकलन अभियान थालेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।

संघले सुझाव संकलन गर्न मे १५ तारिख शनिबार नेपाल समय साँझ ६ बजे एक बैंठकको आयोजना गरिएको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भए यता निम्नानुसार सहयोगको सुरुआत गरेको संघले जनाएको छ ।

– ओमनबाट ५५० अक्सिजन सिलिण्डर मे १५ तारिख नेपाल पुग्दैछ । सिलिण्डरको लागि लाग्ने करिब रु ७५ लाख मध्यपूर्वका गैरआवासीय नेपालीहरुले जुटाउने हुनु भएको छ भने ढुवानीको व्यवस्था नेपाल सरकारले गरेको छ ।

– चीनबाट १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दैछ । यसको लागि रु १ करोड ३७ लाख खर्च लाग्नेछ । जसमध्ये एनसीसी चीनले ७० अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ । ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय हुदैछ ।

– एनसीसी अष्ट्रेलियाले रु १ करोड बराबर र एनसीसी युएसएले कम्तिमा रु ६० लाख बराबर सहयोग जुटाउने अभियान शुरु गरेका छन् ।

– अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुबाट रु १५ लाख बराबरको अक्सिजन सिलिण्डर नेपालको बिभिन्न अस्पतालमा वितरण गरिएकोछ ।

– अन्य एनसीसीहरुबाट सहयोग संकलन अभियान शुरु गरेका छन् ।

– अनलाईनबाट आम गैरआवासीय नेपालीहरुबाट सहयोग संकलन गरिनेछ ।

– नेपालका सातैं प्रदेशमा टेलिफोन हटलाईटनबाट कोभिडका बिरामीहरुलाई स्वास्थ्य सेवा शुरु गरिएकोछ ।

– संघको स्वास्थ्य समिति र नेपाल मेडिकल एसोसिएसन मार्फत देश र विदेशमा रहका मेडिकल डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु बिच कोभिडसँग जुध्न सहकार्य गरिदैछ ।

सहयोग गर्ने खाता नम्बर :

Bank Name: Bank of Kathmandu
Branch:Tripureshwor
Account Number: 012500000402524
Account Name: NRNA Charity Fund