इजरायल–गाजा हिंसा : लाभमा अग्लो भवन यसरी ध्वस्त गरिएको देखियो

इजरायल–गाजा हिंसा : लाभमा अग्लो भवन यसरी ध्वस्त गरिएको देखियो

काठमाडौं। पछिल्लो केही समयदेखि इजरायल र गाजाबीच द्वन्द्व भइरहेको छ । तनाव बढ्दै गएपछि हवाइ आक्रमणसमेत भइरहेका छन्।

शुक्रबार मात्रै इजरायलले गाजामा हवाई आक्रमण गरेर एउटा अग्लो भवन ध्वस्त पारिदिएको छ। उक्त भवनमा आक्रमण गरिरहेका बेला बीबीसी अरेबिकको प्रत्यक्ष प्रसारण हुँदै थियो । बीबीसी अरेबिकको उक्त प्रसारणमा भवन ध्वस्त पारिएको कैद भएको छ ।

यो इजरायल र गाजाबीच एक दशकमा भएको नराम्रो हिंसा हो । उक्त हिंसामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ । सोमबारबाट तनावले उग्र रुप लिएपछि अहिले इजरायलमा पनि यहुदी र इजरायली अरबहरूबीच हिंसा हुन थालेको छ।