वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण गत साता अस्पताल भर्ना भएका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले दिएको जानकारी अनुसार गैरेको मुटुले काम गर्न छोडेको केही समयपछि उनको निधन भएको हो ।
‘निकै प्रयासका बाबजुद हामीले बचाउन सकेनौै,’ सचिव श्रेष्ठले भने।

कोरोना संक्रमित गैरेको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको थियो। उनलाई ७ मेमा केएमसी अस्पताल भर्ना गरिएको थियो। यसअघि कोरोना संक्रमण देखिएपछि सुरुमा बासबारीस्थित हेम्स अस्पताल पु¥याइएको थियो। उनको अक्सिजन लेवल घटेपछि केएमसीको आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर, उनको बिहीबार उपचारकै क्रममा निधन भएको हो ।

गैरै अर्घाखाँची निवासी हुन् ।