बिहीबार थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण, २१४ जनाको मृत्यु

बिहीबार थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण, २१४ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४ हजार ४६६ जना रहेको छ ।