कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको थप ३२ करोड ४३ लाख सहयोग

कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको थप ३२ करोड ४३ लाख सहयोग

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसविरुद्ध जुध्न संयुक्त राज्य अमेरिकाले थप ३२ करोड ४३ लाख सहयोग गर्ने भएको छ।

अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरुलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन थप २७ लाख ५० हजार डलर सहयोगको घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको दूतावासले जनाएको छ।

यो सँगै नेपालमा यूएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेको दूतावासको भनाइ छ।

दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत छ।’