१०२ वर्ष लागे सत्यमाेहन जाेशी

काठमाडौं । वांमय शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी साधारण तरिकाले उनको जन्मदिन मनाइएको छ ।
बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोन तथा विभिन्न माध्यममार्फत मानिसहरुले शुभकामना दिइरहेका छन् ।
जोशीलाई आजका दिनसम्म कुनै रोगलेसमेत समाति नसकेको जोशीको भनाइ छ । जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसकेका जोशीको केही समय पहिले मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन भएको थियो ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर