ओमनबाट आउँदो शनिबार ६ सय थान सिलिण्डर नेपाल भित्रिदै

ओमनबाट आउँदो शनिबार ६ सय थान सिलिण्डर नेपाल भित्रिदै

काठमाडौं । कोरोनाविरूद्धको लडाइमा अक्सिजनमा देखिएको अभाव कम गर्न ओमनबाट आउँदो शनिबार ६ सय थान अक्सिजनको सिलिण्डर नेपाली आइपुग्ने पक्का भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय समिति तथा ओमन दुतावासको रोहवरमा नेपाल एयरलाइन्सको कार्गो विमानमार्फत शनिबार अक्सिजन सिलिण्डर नेपाल आइपुग्ने एनआरएन ओमनका अध्यक्ष बिकल झाले प्रवास खबरलाई जानकारी दिए।

‘नेपाल एयरलाइन्सको कार्गो १५ मेमा यहाँ आएर अक्सिजन सिलिण्डर बोकेर काठमाडौं फर्किने छ,’ झाले बताए।

ओमनको ‘अल होस्नी’ कम्पनीबाट यो सामान नेपाल आउन लागेको हो। यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको झाले जानकारी दिए।