नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या पहिलो पल्ट एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार कोरोना संक्रमितको सक्रिया संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ९ हजार ३ सय ५ थपिएको थियो।

२४ घण्टामा १ सय ६८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ४ सय ४४ कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाए।

नेपालमा हालसम्म ३ लाख १६ हजार ४ सय ६८ जना संक्रमण मुक्त भएका छन्।