वास्तविक जीवनका हिरो अनुप, बने ३२ बालबालिकाका अभिभावक

वास्तविक जीवनका हिरो अनुप, बने ३२ बालबालिकाका अभिभावक

काठमाडौं । अभिनेता अनुपविक्रम शाही चलचित्रमा बढीजसो खलनायकको भूमिकामा देखिन्छन् । कतिपयले उनलाई वास्तविक जीवनमा पनि खलनायक जस्तै छन् भन्ने सोचेका होलान् ।

तर, उनी वास्तविक जीवनमा निकै दयालु छन् । उनलाई वास्तविक जीवनको हिरो भन्दा पनि फरक नपर्ला । उनी सामाजिक सहयोगका लागि सँधै अगाडि सर्छन् ।

पहिलो लकडाउनमा खाद्यान्नदेखि अत्यावश्यक राहत सामाग्री वितरण गरेका उनी यो निषेधाज्ञामा पनि सामाजिक कार्यमा जोडिएका छन् ।

मंगलबार उनले टोखाको ग्रीनल्यान्डस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक बाल आश्रम पुगेर डेढ महीनासम्म खाद्यान्न वितरण गरेका छन् । उक्त आश्रममा रहेका ३२ बालबालिकालाई उनले १ लाख बराबरको राहत सामाग्रीसमेत प्रदान गरेका छन् ।

अगिल्लो वर्ष आफ्नो जन्मदिन मनाउन यहि आश्रम पुगेका अनुपले त्यतिबेला बालबालिकाको नियमित निगरानी आफ्नो कर्तव्य भएको बताएका थिए । यसवर्ष त्यसैलाई निरन्तरता दिएको अनुपको भनाइ छ ।