नेपालमा खुट्टा जमाइसकेको ‘रअ’ का पहिलो प्रमुख को थिए?

नेपालमा खुट्टा जमाइसकेको ‘रअ’ का पहिलो प्रमुख को थिए?

काठमाडौं। नेपालमा सबैभन्दा बढी चासोका साथ लिइने नाम हो, ‘रअ’। जुन भारतको जासुसी संस्था ‘रिसर्च एण्ड एनालिसिस विङ’ सँग सम्बन्धित छ।

नेपालमा कुनै राजनीतिक घटना भयो भने सबैको मुखमा यही ‘रअ’ को नाम आउँछ। कसैको हत्या तथा कुनै उथलपुथल भयो भने पनि ‘रअ’ लाई नै संकाको नजरले हेरिने गरिन्छ।

तर, के तपाईलाई थाहा छ ? ‘रअ’ का पहिलो प्रमुख को हुन्?

उनको नाम हो, आरएन काव अर्थात रामेश्वर नाथ काव। सन् १९६८ मा भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरूले जासुसी संस्था खडा गर्दा उनलाई यसको मुखिया बनाइएको हो।

आरएन काव उत्तर प्रदेश वनारसमा १० मे १९१८ मा जन्मिएका थिए। उनको क्षमताप्रति बेलायती महारानी पनि कायल थिइन।
कावले अंग्रेजी साहित्यमा स्नातक गरेका थिए। उनी १९३९ मा सर्वप्रथम प्रहरी सेवामा संलग्न भएका थिए।

पुलिसको ८ वर्ष लामो सेवा अवधिपछि देशमा पहिलो इन्टेलिजेन्स ब्यूरो स्थापना गरिएको थियो, त्यसैमा उनी समावेश भए। उनलाई ‘आइवी’मा सहायक निर्देशक पदमा नियुक्त गरिएको थियो।

लगत्तै १९६८ मा ‘रिसर्च एण्ड एनालिसिस विङ (रअ)’ स्थापना गरेपछि उनलाई यसको कार्यभार सुम्पिएको थियो।

सन् १९५० मा बेलायती महारानीले भारतको भ्रमण गरेकी थिइन। यतिबेला कावलाई महारानीको सुरक्षा प्रमुख बनाइएको थियो। उनले महारानीतर्फ फ्याकिएको एउटा फुलको ‘बुके’ लाई बीचैमा समातेर आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

‘बुके’ लाई समातेको देखेर महारानीले उनको तारिफ गर्दै ‘गुड क्रिकेट’ भनेकी थिइन।

कावले निर्देशकको रूपमा करिब दस वर्ष काम गरे। सन् १९७७ मा उनको कार्यकाल सकिनु एक वर्षअगावै प्रधानमन्त्री इन्दिरा गान्धीले थप गरेकी थिइन। यसपछि उनलाई केन्द्रीय क्याबिनेटको सुरक्षा सल्लाहकार (वास्तवमा यो पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार हो) नियुक्त गरिएको थियो।

उनले अर्का प्रधानमन्त्री राजीव गान्धीको पालामा भारतको सुरक्षा तथा अन्तर्राष्ट्रिय जासुस संस्थाका अध्यक्षबीच सम्बन्ध स्थापना गर्न अहम भूमिका निर्वाह गरेका थिए। उनले यतिबेला विशेष सल्लाहकारको भूमिकामा काम गरेका थिए।

कावको जीवनी तथा उनको कार्य कुशलतालाई लिएर थुप्रै पुस्तक प्रकासित छ। यसमा ‘आरएन काव–जेन्टलमेन स्पाइमास्टर’, ‘काउब्वाई अफ रअ’, ‘रअ–भारतीय गुप्तचरसंस्थेची गुढगाथा’, ‘अ लाइफ इन सिक्रेट’, ‘इस्केप टु नो व्हेयर’ र ‘टिम अफ काउब्वाई’ समावेश छ।

भारतको चर्चित धर्मा प्रोडक्सनले उनको जीवनीमा आधारित भएर फिल्म बनाउने घोषणा सन् २०२० मा गरेको थियो। उनले १९५० मा ‘काश्मिरकी महारानी’ को छानवीन तथा १९७१ मा बंगलादेशलाई स्वतन्त्र गराउने अभियानमा भूमिका खेलेका थिए।
सिक्किमलाई भारतमा विलय गराउन पनि उनको भूमिका थियो।

२० जनवरी २००२ मा उनको निधन भएको थियो।