कोरोनाकालमा घरमै बसेर शरीरमा अक्सिजन बढाउने ५ योगकला

कोरोनाकालमा घरमै बसेर शरीरमा अक्सिजन बढाउने ५ योगकला

काठमाडौं। कोरोना महामारीका कारण यतिबेला सबै नेपाली घरमा बस्न बाध्य छन्। ‘लकडाउन’ का कारण धेरैले बाहिर गएर शारीरिक ब्यायाम गर्न पनि सकेका छैनन्।

यस्तो अवस्थामा नेपालीमा थकान तथा मानसिक समस्या देखिन थालेको छ। मानिसहरू कोरोनाको समाचार पढ्दा हत्तोत्साही बन्न थालेका छन्। देशमा अक्सिजनको अभावका कारण कोरोना संक्रमितको निधनको दुःखद समाचार पनि आइरहेको छ।

हामीले घरमै बसेर आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनसक्छौं। यसका लागि योग सबैभन्दा राम्रो माध्यम हुनसक्छ। हामीले आफ्नो श्वासप्रश्वास प्रणाली र फोक्सोलाई स्वस्थ राख्न योगले भरपुर सहयोग गर्ने गर्छ।

शरीरमा अक्सिजनको मात्रा उच्च बनाउन यी ५ योगका साधनहरू सहयोगी हुनसक्छन्।

ताडासन

जब तपाई आफ्नो खुट्टाको पञ्जामार्फत उभिनु हुन्छ र हातलाई टाउको माथि लगेर तन्काउनु हुन्छ, यसले श्वासप्रश्वास प्राणालीमा अक्सिजन खपत गर्ने क्षमता बढाउछ। यसले श्वास लिने फोक्सोको क्षमता पनि बढाउन सकिन्छ।

बलासन

जमीनमा बसेर हातलाई जमिनमा टेकाएर गर्ने क्रियाले ‘ब्रिदिङ प्याटर्न’ नियमित गराउँछ। फोक्सोमा अक्सिजनको मात्रा बढाउछ र रगतमा पनि अक्सिजनको मात्रा पु¥याउने गरिन्छ।

मत्स्यासन

माछा जस्तै जमिनमा बसेर टाउकोलाई पछाडि झुकाउने र जमिनमा राख्नुपर्ने हुन्छ। रिढको हड्डी जमिनमाथि उठाउनु पर्ने हुन्छ। छाती माथि राख्नु पर्नेछ। यसले फोक्सोमा अक्सिजनको मात्रा बढाउने गर्छ।

त्रिकोणासन

सिधा उभिएर गहिरो श्वास लिने तथा हल्का रुपमा श्वास छोड्ने र एक हाथ तल र अर्को आकाशतर्फ लैजाने कार्यले पेटको बाहिरी मसलको व्यायाम हुने गर्छ। श्वासप्रश्वास प्रक्रिया पनि राम्रो हुनेगर्छ।

बृक्षासन

यो आसनमा एउटा खुट्टा उठाएर दुबै हातले नमस्कार गर्दै उल्टो बी बनाउनु पर्नेछ। यस अवस्थामा गहिरो श्वास लिँदै सामान्यस्थितमा फर्किदा श्वास फेर्नु पर्नेछ।

 



No ads found for this position