कोरोनामुक्त गायक सपुत भन्छन् – कोरोना जित्न सकिन्छ

काठमाडौं । गायक प्रकाश सपुत कोरोना मुक्त भएका छन् । आफू र आफ्ना भाई कलाकार देबेन्द्र बब्लु कोरोना मुक्त भएको गायक प्रकाशले सामाजिक संजाल फेसबुकमा एक स्टाटस् लेख्दै जारकारी दिएका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस् :
नाता र भावना ले जोडिएका आफन्त इस्टमित्र एंव कलाकारितामार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।
भाई देबेन्द्र र म निको भएका छौं । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै–सबैलाई धेरै–धेरै धन्यवाद कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाढ्न चाहन्छौ ।
तर आमा पनी संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनु भएको छ । आमाले पनी कोरोना जित्नु हुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनी हामीले आमालाई माया र कृतज्ञ प्रकट गयौं । भावनात्मक हिसाबले यो तस्विर निकै पिडादायिक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ ।
नाता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको…
Posted by Prakash Saput on Tuesday, May 11, 2021
ताजा अपडेट

गुल्मीमा भारतीय नागरिकको हत्या

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
