नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२५ जनाले ज्यान गुमाए

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२५ जनाले ज्यान गुमाए सांकेतीक तस्वीर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन २२५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २२५ संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा ४ लाख १३ हजार १११ सङ्क्रमित रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना सङ्क्रमित निको भई फर्किएका छन्। अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन्।