एनआरएनए अक्षय पन्तले जीते कोरोना भाइरसविरुद्धको युद्ध
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त कोरोना भाइरस मुक्त भएका छन् ।
पन्तले सोमबार नेगेटिभ रिपोर्ट आएको प्रवास खबरलाई बताए । ‘आइतबार पीसीआर परीक्षणको लागि स्वाव दिएको थिएँ,’ पन्तले भने, ‘सोमबार नेगेटिभ रिपोर्ट आएको हो ।’
संक्रमण पुष्टि भएपछि पन्तलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पातलमा भर्ना गरिएको थियो । संक्रमणमुक्त भएपछि अस्पतालले उनलाई सोमबार नै डिस्चार्ज गरेको छ।
सयभन्दा बढी ज्वरो बढेपछि उनले गत हप्ता पीसीआर टेस्ट गराएका थिए। संक्रमण भएको एक दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनको स्वासप्रश्वासमा समेत समस्या देखिएको थियो। अक्सिजनको लेवल पनि कम थियो। अस्पतालमा उनलाई अक्सिजन दिइएको थियो।
पन्त विगत डेढ महिनादेखि काठमाडौँमा छन्। पछिल्लो समय संघकै कामले गर्दा उनको काठमाडौँमा व्यस्तता बढेको थियो। संक्रमणमुक्त भएपछि पन्तले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य नै छ । केही दिन आराम गरेर फेरि एनआरएनएकै काम फर्किनेछु।’
यो पनि पढ्नुहोस्
एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिदैँ
एनआरएनए अध्यक्ष पन्तको अवस्था सुधारउन्मुख, अक्सिजन हटाइयो