नयाँ प्रधानमन्त्रीको लागि वैधानिक बाटो खोल्न राष्ट्रपतिसमक्ष तीन दलको आग्रह

नयाँ प्रधानमन्त्रीको लागि वैधानिक बाटो खोल्न राष्ट्रपतिसमक्ष तीन दलको आग्रह फाइल फोटो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि तीन विपक्षी दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ ९१० बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

सोमबार संसद विश्वासको मत लिने कार्यमा कुनै पनि दलले सरकार बनाउने अवस्था देखिदैन। कूल २ सय ३२ जनाले भाग लिएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेको थियो। १५ जना तटस्थ बसेका थिए। नेकपा एमाले माधव नेपाल समूहगरी ३८ जनाले चुनावमा भाग लिएनन्।