प्रचण्डको आरोपः प्रधानमन्त्री केपी ओलीले विश्वासको मत माग्नु नाटक हो

प्रचण्डको आरोपः प्रधानमन्त्री केपी ओलीले विश्वासको मत माग्नु नाटक हो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदन र सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार नभएको आरोप लगाएका छन्।

ओलीको प्रस्तावमाथि सोमबार संसदमा भएको छलफलमा प्रचण्डले भने, ‘आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’

उनले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको बताउँदै उनले भने, ुकि फेरि विघटनको निम्ति विश्वासको मत मागेका त होइनरु यदि इमान्दारीता थियो भने प्रतिनिधिसभा पुनःस्थपना भएको एक महिनाभित्र विश्वासको मत माग्नु पर्थ्यो।’
अहिले विश्वासको मत लिने प्रक्रिया आफूलाई स्वभाविक नभएको बताए।

‘तपाईले मागेको विश्वासको मत पनि स्वभाविक छैन। नाटकीय छ। किनभने अब बर्षे अधिवेशन आउनै लाग्दा विशेष अधिवेशन बोलाउनु गतल छ। कि राष्ट्रपतिले बोलाउनु पर्ने हो तर तपाईं आफैंले बोलाउनु भयो,’ उनले भने।