कोही कसैको ठेकदार हुदैन, देश सबैको होः प्रम ओली

कोही कसैको ठेकदार हुदैन, देश सबैको होः प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कुनै भूगोलमा बसेको आधारमा नेताहरू त्यहाँको ठेकेदार नहुने बताएका छन्।
वर्तमान सरकारले संसदमा सोमबार विश्वासको मत लिने क्रममा प्रतिपक्षीहरूको आरोपको उत्तर दिँदै उनले भने, ‘कोही मधेशमा बसेको आधारमा, पहाडमा बसेको आधारमा त्यहाँको ठेकेदार हुँदैन। यो देश सबैको हो।’

उनले देश निर्माणमा सबैले मिलेर काम गर्न आग्रह गरे। आफ्नो विकाशको एजेन्डालाई उखान टुक्का नसम्झन पनि उनले सबैसँग आग्रह गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति ब्यंग गर्दै उनले कुनैबेला लोकतान्त्रिक परिपाटीको हत्या गर्न हिँडेको व्यक्तिहरूले अहिले लोकतन्त्रको कुरा गर्दा आफूलाई खुसी लागेको बताए।

यसअघि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने भन्दै प्रचण्डले लोकतन्त्रको हत्या गरेको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले आफूमाथि आरोप लगाउनेहरूलाई इमानका साथ छातीमा हात राखेर सोच्न आग्रह गरेका थिए।



No ads found for this position