प्रम ओलीलाई कांग्रेस सभापति देउवाको प्रश्नः अहिलेको अवस्था आउनुमा को जिम्मेवार?

प्रम ओलीलाई कांग्रेस सभापति देउवाको प्रश्नः अहिलेको अवस्था आउनुमा को जिम्मेवार?

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मत कांग्रेसले दिन नसक्ने बताएका छन्।

उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारका लागि विश्वासको मत मागेका थिए। उनले संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूले विश्वाको मत मागेको बताएका थिए।

सभापति देउवाले सरकार स्वच्छाचारी ढंगले अगाडी बढेको र प्रधानमन्त्री ओलीले जनता सामु गरेको बाचा बिर्सिएको आरोप लगाए। उनले दुई कम्युनिस्टको अतिवादी सोचका कारण मुलुक भड्कालोमा फसेको आरोप लगाए।

‘अहिले यो कदम आउनुमा प्रतिपक्षीको के दोष छ। त्यो तपाई (कम्युनिस्ट) कै कारण भएको हो,’ उनले वर्तमान सरकारप्रति आरोप लगाउँदै भने, ‘ सुशासन, देशको स्वाभिमान र गरिमा बढाउन यो सरकार असफल भयो। कोभिड–१९ को रोगथाम र नियन्त्रणमा सरकार असफल भएको छ।’