विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी १ डलरको खरिद मूल्य ११७.३२ पैसा नेपाली रुपैयाँ र विक्रि दर भने ११७.९२ पैसा नेपाली रुपैयाँ कायम गरेको छ ।

यसैगरी युरोपियन यूरोको खरिद मूल्य १ यूरोको १४२.७१ र विक्रि मूल्य १४३.४४ कायम गरेको छ । यूएइ १ दिरामको खरिद मूल्य ३१.९४ रहेकोमा विक्रि मूल्य ३२.१० रहेको छ । त्यस्तै कतार रियालको १ को खरिद मूल्य ३२.२२ र विक्रि मूल्य ३२.३८ रहेको छ भने मलेसियाको १ रिङ्गिटको खरिद मूल्य २८.५३ र विक्रि मूल्य २८.६८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरेबियाको १ रियाल को खरिद मूल्य ३१.२८ रहेको छ भने विक्रि मूल्य ३१.४४ रहेको छ । यूके पाउण्ड स्टर्लिङ १ को खरिद मूल्य १६३.९४ कायम गरेको छ भने विक्रि मूल्य १६४.७८ रहेको छ ।