अभिनेत्री वर्षालाई पनि कोभिड संक्रमण

अभिनेत्री वर्षालाई पनि कोभिड संक्रमण

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्था छ । यसबाट एकपछि अर्को गर्दै कलाकारहरु पनि संक्रमित हुन थालेका छन् ।

केही समयअघि अभिनेत्री केकी अधिकारी, अभिनेत्री सरिता लामिछाने, गायक प्रकाश सपुत, कलाकार दीपकप्रसाद आचार्य, अभिनेता मदनकृष्ण श्रेष्ठ यसको संक्रमणमा परेका थिए । फेरि एक अर्की अभिनेत्री वर्षा राउत पनि कोभिड–१९ बाट संक्रमित भएकी छिन् । अभिनेत्री राउतले सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी सेयर गर्दै यसको जानकारी दिएकी छिन् ।

उनले आफूलाई खोकी लागेको र आफ्नो गन्ध हराएको जनाएकी छिन् । कोभिड लागेपछि अहिले उनी घरमै आइसोलेसनमा बसेकी छिन् । उनले अरुलाई पनि सुरक्षित रहेर बस्न आग्रह गर्दै आफू पनि छिट्टै निको हुने विश्वास लिएको उल्लेख गरेकी छिन् ।

वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । कोरोना महामारीको दोश्रो लहरले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।