मेरिल्याण्डमा गोलीकाण्डः एक नेपालीसहित ४ जनाको मृत्यु, एक घाइते

मेरिल्याण्डमा गोलीकाण्डः एक नेपालीसहित ४ जनाको मृत्यु, एक घाइते

मेरिल्याण्ड। मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा संदिग्ध सहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन। मे ८ शनिबार बिहानै गोलीवारी चल्नुको साथै आगजनीसमेत भएको प्रहरी अधिकारीले जनाएका छन्।

सो घटनामा एउटा नेपालीको टाउन हाउसमा बस्ने एक विद्यार्थीकोसमेत हत्या भएको र अर्का विद्यार्थी घाइते भएको एनआएनए अमेरिकाका अध्यक्ष सुनील साहले बताएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको साहले जनाएका छन्। नेपालमा संख्वासभा स्थायी घर भएका विद्याथीहरु एक साता अघि मात्रै उक्त डेरामा सरेको बताएको छ । अहिले घाइते विद्यार्थी खतरामुक्त छन् ।

करिब ६० वर्षको मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर जलाएको कारणले छिमेकका दुवै घर र सामानहरू पूर्ण रूपमा नष्ट भएको छ। उसले अन्घाधुन्ध गोली चलाई एक छिमेकी स्पेनिस परिवारको पनि हत्या गरेको छ।
तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारीको घटनास्थल मै मृत्यु भएको जनाइएको छ।