बेलायतमा बस्ने नेपालीलाई खुसीको खबर, कोरोना संक्रमण छिट्टै नियन्त्रण हुने

बेलायतमा बस्ने नेपालीलाई खुसीको खबर, कोरोना संक्रमण छिट्टै नियन्त्रण हुने

लण्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरूको लागि खुसीको खबर हुनसक्छ ! बेलायत छिट्टै कोरोना संक्रमणबाट बाहिरिने यहाँका बैज्ञानिकहरूले बताएका छन्।

बेलायत सरकारको भ्याक्सिन टास्क फोर्स प्रमुख क्लिभ डिक्सले शुक्रबार मात्र यहाँ प्रकासित हुने अखबारमा यो कुरा बताएका हुन्। उनले अगस्ट महिनादेखि बेलायतमा फैलिने खाले कुनै संक्रमण नहुने दावी गरेका छन्। उनले भ्याक्सिन बुस्टर कार्यक्रम २०२२ को सुरुवातदेखि रोक्ने योजना बनाएको बताए।

विश्वमा हाल बेलायतको कोरोनाको ‘भेरियन्ट’ सबैभन्दा खतरनाक देखिएको थियो। युकेको भेरियन्ट अहिले विश्वभरि फैलिएको छ। यसै कारण कोरोनाको दोस्रो लहर देखिएको हो। बेलायत सरकार आफ्नो जनतालाई बुस्टर सर्ट दिने तयारीमा थियो। तर, यसलाई हालका लागि स्थगित गरिएको छ।

क्लिभ डिक्स भन्छन्, ‘जुलाई अन्तिमसम्म बेलायतमा सबै जनालाई खोपको पहिलो डोज लागिसक्ने छ। यसले मानिसलाई कोरोनाको नयाँ म्युटेन्टसँग लड्न एन्टीबडी तयार गर्नेछ।’

बेलायत कोरोनाविरूद्ध खोप लगाउने विश्वको दोस्रो राष्ट्र हो। अहिलेसम्म यहाँ ६ करोड बढीलाई खोप लगाइसकिएको छ।