गर्लफ्रेन्डको इच्छा पूरा गर्न मानिसको ज्यान दाउमा

गर्लफ्रेन्डको इच्छा पूरा गर्न मानिसको ज्यान दाउमा

काठमाडौं।भारतमा यसै पनि कोरोना संक्रमणका कारण मानिसहरू तनावमा छन्। यसमा पनि नक्कली कोरोनाको खोप बेचेर एक जना युवाले सयौं मानिसको ज्यान दाउमा लगाएका थिए।

घटना केही दिनअघिको हो। भारतमा कोरोना महामारीले अवस्था गम्भीर बन्न थालेपछि औषधीको कालोबजारी सुरु मात्र भएको छैन, नक्कली औषधी बजारमा देखिन थालेका छन्। एउटा यस्तै घटनाको पर्दाफास हालै भएको छ।

भारतको इन्दौर शहरमा बसोबास गर्ने एक युवाले आफ्नो गर्लफ्रेन्डको इच्छा पुरा गर्न अन्य मानिसको ज्यान जोखिममा पारेका छन्। यी युवाले कोरोनाको औषधीभन्दै टोसिलिजुमाब भ्याक्सिनको खाली बोतलमा पानी हालेर बेचेका थिए।

तर, उनको कर्तुत छिट्टै पक्राउ प¥यो। भारतीय सञ्चार माध्यमका अनुसार यी युवा केही समयदेखि नक्कली औषधी बेच्ने धन्धामा जुटेका थिए। उनी औषधी नपाएर छटपटिएका कोरोना संक्रमितलाई आफ्नो शिकार बनाउँथे। यसबाट आम्दानी भएको हजारौं रूपैयाँ उनी गर्लफ्रेन्डको सपिङका लागि लुटाउने गरेको अनुसन्धानमा खुलेको छ।

नक्कली औषधीबाट आय भएको पैसाले युवाले महिला मित्रका लागि फ्रिज, कुलर, आलमारी, मोबाइल र एक वर्षको रासन किनिदिएको प्रहरीले बताएको छ। यी युवाले ‘लकडाउन’ हटेपछि महिला मित्रलाई घुम्न अन्यत्रै लैजाने योजना पनि बनाएका थिए।

सुरेश नाम गरेका यी आरोपीलाई प्रहरीले एउटा योजना बनाएर पक्राउ गरेको थियो। सोसल मिडियाबाट पहिले उनलाई ४० हजारको इन्जेक्सन ब्ल्याकमा अढाई लाखमा किन्ने सम्झौता भएको थियो। यसै योजनाअन्तर्गत उनलाई विजय नगरबाट पक्राउ गरिएको हो।