ओमनमा नेपाली महिलाको निधन

काठमाडौं । ओमनमा एक नेपाली महिलाको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएकी अर्घाखाँची अड्गुरीकी ३९ वर्षीया शाभा टण्डन थापाको शुक्रबार निधन भएको हो।
नेपाली एकता समाजका प्रतिनिधि खुम रायमाझीका अनुसार उनको ओमनको सललाहस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
शोभा विगत ढेड दशकदेखि रोजगारीको क्रममा ओमनमा थिइन् । उनी घरेलु कामदार हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएको ९ दिनदेखि अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या देखिएको थियो । पीसीआर परीक्षणमा उनलाई कोभिडको संक्रमण पुष्टि भएको थियो।
शोभाका श्रीमान जय बहादुर टण्डनको पनि मृत्यु भइसकेको छ । अर्घाखाँचीमा उनका एउटा छोरा छन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर