मस्कटस्थित नेपाली दूतावासको सेवा रोकिने

मस्कटस्थित नेपाली दूतावासको सेवा रोकिने

मस्कट । ओमनको मस्कटमा रहेको नेपाली दूतावास तीन दिनसम्म बन्द हुने भएको छ । दूतावासले शनिबार सूचना जारी गर्दै ९ मेदेखि ११ मेसम्म सेवा बन्द रहने जनाएको छ ।

‘कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमनको उच्च स्तरीय समितिले वक्तव्य जारी गरी आगामी ९ मेदेखि ११ मेसम्म सम्पूर्ण सरकारी कार्यालय तथा सेवा प्रदायक निकायहरूमा भौतिक उपस्थितिमा प्रवाह हुने सेवा स्थगन गर्न आह्वान गरेकाले उक्त अवधिमा दूतावासमा समेत प्रत्यक्ष उपस्थित भएर प्रदान गरिने सेवा स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, ’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

अत्यावश्यकीय सेवाको लागि ७१५९२४९० तथा श्रम सम्बन्धी जानकारीका लागि ७१५९२५०६ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।