नेपालमा शुक्रबार ९ हजार १९६ संक्रमित थपिए, थप ५० जनाको निधन

नेपालमा शुक्रबार ९ हजार १९६ संक्रमित थपिए, थप ५० जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमित तीन लाख लाख ७७ हजार ६०३ पुगेका छन्।

त्यस्तै पछिल्लो समय थप दुई हजार ९०५ जना निको भएका छन्। यससँगै निको हुने दुई लाख ९५ हजार ३९५ छन्।

अहिले देशभर ७८ हजार ६२९ सक्रिय संक्रमित छन्। ३ सय ८० जना क्वारेन्टाइनमा छन्।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५० जनाको मृत्यु भएको छ। हालसम्म तीन हजार ५७९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।