छुट्टि मनाउन जाँदा जहाजमै बच्चा जन्मिएपछि

छुट्टि मनाउन जाँदा जहाजमै बच्चा जन्मिएपछि

होनोलुल,अमेरिका। लाभीको उपनामले चिनिने लाभिनिया मोङ्गालाई गत साता अमेरिकाको उदाबाट होनोलुलुतर्फ जाँदै गर्दा यस कुराको कुनै पत्तो थिएन कि उनको पेटबाट बच्चाको आगमन हुँदैछ भनेर।

उनी कामको सिलसिलामा घरेलु शहर उदाबाट होनोलुलुतर्फ लागिरहेकी थिइन। तर, यत्तिकैमा उनले विमानमा एउटा बच्चालाई जन्म दिइन।

‘मलाई थाहा थिएन, म आमा बन्दैछु भनेर। यत्तिकैमा कताबाट छोरा जन्मियो थाहा भएन,’ मोङ्गाले हवाई प्यासिफिक हेल्थसँग भिडियो अन्तर्वार्तामा भनिन्।

भर्खरै जन्मिएका छोरा रेमोण्ड मोङ्गा २९ सातामै आमाको कोखबाट बाहिर आएका हुन्, जतिबेला आमा छुट्टि मनाउन परिवारसहित हवाईतर्फ लाग्दै थिइन।

हवाई प्यासिफिक हेल्थ परिवारका मेडिकल चिकित्सक डा. डेल ग्लेन आफ्नो मेडिकल स्टाफ लानी बामफिल्ड, अमान्डा ब्रिडिङ र मिमी हो सहित नर्थ केन्सस सिटी अस्पतालका इन्टेन्सिभ केयर युनिटका नर्सको सहयोगमा नयाँ बच्चालाई जन्म दिन हवाइजहाजमै जुटेका थिए।

‘साच्चै, म कृतज्ञ छु र यो देख्दा खुसी पनि लागेको छ, प्लेनमा तीन जना एनआइसीयू नर्स र डक्टर थिए, जसले सहजै कुनै समस्या बिना बच्चा जन्माउन सहयोग गरे,’ मोङ्गाले भनिन्।

छोराको नाम उपचारमा खटिएका तिनै चिकित्सकको नाम ‘ग्लेन’ बाट राखिएको थियो। मोङ्गाका पिताले चिकित्सकको सम्मानमा यो नाम राख्न सुझाएका थिए।

‘हाम्रो संस्कारमा नाम राख्नु महत्वपूर्ण मानिन्छ,’ मोङ्गाले भनिन्, ‘सुरुमा उनको नाम ग्लेन राख्ने कुरा मैले चाहेकी थिइन।’ यसको सट्टा उनले डा. ग्लेनसँग अर्को नाम जुराउन आग्रह गरेकी थिइन। डा. ग्लेनले पहिले ‘काइमाना’ नाम सुझाएका थिए।

छिटो जन्मिएका कारण बच्चालाई थप १० साता अस्पतालमा उपचारार्थ राखिने मोङ्गाले बताइन्।

एजेन्सीको सहयोगमा