नेपालीले पुराना कतारी रियाल तुरुन्त सटही गर्नुपर्ने

नेपालीले पुराना कतारी रियाल तुरुन्त सटही गर्नुपर्ने

दोहा। कतारले चलनचल्तीको पुरानो मुद्रालाई ‘नोटबन्दी’ गर्न लागेपछि नेपाली दूतावासले यहाँ रहेका नेपालीहरूलाई तुरुन्त नोट सटही गर्न अनुरोध गरेको छ।

दोहास्थित नेपाली दूतावासले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘हाल सञ्चालनमा रहेका चौथो संस्करणका पुराना कतारी रियाल बैंक नोटहरू १ जुलाई २०२१ (तदनुसार २०७८ असार १७ गते) सम्ममात्र प्रचलनमा रहने र उक्त मिति पश्चात ती नोटहरू प्रचलनमा ल्याउन नपाइने भनी कतारको केन्द्रीय बैंकले सूचना जारी गरेको हुनाले कतारमा रहेका सबै नेपालीहरूका लागि यो सूचना प्रकाशित गरिएको छ।’

कतारले आफ्नो राष्ट्रिय दिवसको अवसर पारेर १८ डिसेम्बर २०२० देखि पाँचौ संस्करणको नयाँ नोट प्रचलनमा ल्याएको थियो। नेपाली दूतावासले १ जुलाई अर्थात असार १७ गतेसम्म पुरानो नोट सटही गरिसक्न सबै नेपालीमाझ आग्रह गरेको छ।