कोभिड अपडेटः बुधबार नेपालमा कोभिडबाट संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

कोभिड अपडेटः बुधबार नेपालमा कोभिडबाट संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं। बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोभिड–१९ का बिरामी थपिएका छन् । त्यस्तै कोभिडबाट मृत्यु हुनेको संख्यासमेत अहिलेसम्मकै उच्च छ ।

पछिललो २४ घण्टामा २० हजार ७ सय ५६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ६ सय ५ जना र ६१६ जनाको एन्टीजेन परिक्षण गर्दा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । कोभिडबाट संक्रमित र मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ भने नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको छ ।
संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६४ र होम आइसोलेसनमा ६१ हजार बढी संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।