न्यूयोर्कमा वेपत्ता भएका नेपाली युवाको शव भेटियो

न्यूयोर्कमा वेपत्ता भएका नेपाली युवाको शव भेटियो

न्यूयोर्क । पाँच महिना अगाडि न्यूयोर्कबाट सम्पर्कविहिन भएका एक नेपाली विद्यार्थीको शव भेटिएको छ।

अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९ मा हराएका २२ वर्षे सन्तोष शाह मृत फेला परेका हुन्। अखबारका अनुसार अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका शाहको शव ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो ।

उनको शव मार्च ९ मै फेला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो । उनी न्यूजर्सी राज्यस्थित ड्रीउ विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ । मेडिसन प्रहरी विभागले घटनाको छानविन गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यू ममी लेखेको नोट भेटिएको थियो । तर, उक्त नोटमा अन्य केही नलेखिएको र रद्दीको टोकरीमा फ्याँकिएको अर्को नोटमा अब केही गर्ने बेला आएको उल्लेख गरिएको थियो ।

पुख्र्यौली घर सिराहामा भएको र हाल उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आइरहेको जनाइएको छ ।