अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

काठमाडौं। अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई नेपाल सरकारले फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार उनलाई फिर्ता बोलाइएको नाम नखुलाउने सर्तमा एक मन्त्रीले जानकारी दिए।
एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा दाहाललाई राजदूत बनाउने निर्णय गरेको थियो । दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।
राजदुत दाहाल नेकपाका अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भतिजा हुन् । पुष्पकमलले नै दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।
नेकपालाई सर्वोच्चले पुरानै अवस्थामा ल्याएपछि अहिले नेकपा एमाले नेतृत्वका प्रधानमन्त्री केपी ओली सरकारले उनलाई फिर्ता बोलाएको ती मन्त्रीको भनाइ छ । उनका अनुसार अब नेकपा माओवादीको सिफारिसमा बनेका राजदूतहरुलाई सरकारले एकपछि अर्को गर्दै बोलाउने तयारी गरेको छ।
ताजा अपडेट
