अन्तर्राष्ट्रिय उडान बन्द गर्ने नेपाल सरकारको निर्णय

अन्तर्राष्ट्रिय उडान बन्द गर्ने नेपाल सरकारको निर्णय File Photo

काठमाडौं । वैशाख २३ गते बिहीबार १२ बजे रातिदेखि लागू हुने गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गर्ने भएको छ ।

कोरोनाको भयावह स्थितीलाई मध्यनजर गर्दै सरकारले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रि हवाइ उडान बन्द गर्ने निर्णय लिएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बताएका छन् ।

उनका अनुसार २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिनेछ । तर, भारतसँगको उडान भने सातामा २ वाटा यथावत रहनेछ । भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन ।

भारतसँग दुई तर्फी उडान हुनेछन्। यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने निर्णय भएको छ ।  त्यस्तै सोमबार (आज) राति १२ बजेबाट वैशाख मसान्तसम्म लागु हुनेगरि आन्तरिक सबै उडान पनि बन्द गरिएको छ ।

अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिन प्रधानमन्त्रीको भनाइ छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।