कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ? 

कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ? 
कसलाई चिन्छ ?
– कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ ।
– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ ।
– अनुहार छोइरहनेलाई चिन्दछ ।
– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ ।
– हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ ।
– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ ।
कसलाई चिन्दैन ?
– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन ।
– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन ।
– यस्तो बेलामा मर्निंग वाक / इभिनिंग वाक गर्नेलाई चिन्दैन ।
– भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन ।
– कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन ।
– चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन ।
– खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन ।
– आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन ।
– ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन ।
– पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन ।
– प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ ।
..
– कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ ।
– कसैलाई गम्भीर बनाउँछ ।
– कसैलाई प्लास्टिकमा प्याक गराउँछ ।
तर,
कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।
…..
तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ !
..
यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन । आत्तिनु पर्दैन । डर मान्नुपर्दैन ।