एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिदैँ

एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिदैँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको पन्तले बताए । पन्त अहिले आइसोलेशनमा छन् ।

‘मलाई अहिले ज्वरो एक सयभन्दा बढी छ । छातीमा केही गाह्रो महशुस भएको छ । अक्सिजनको लेबलमा पनि केही कमी आएको छ,’ पन्तले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रवास खबरसँग भने, ‘डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुँदैछु।’

पन्त करिब एक महिनादेखि काठमाडौँमा छन् । पछिल्लो समय संघकै कामले गर्दा उनको काठमाडौँमा व्यस्तता बढेको थियो।

उनले सावधानी अपनाउँदा अपनाउँदै आफू संक्रमित हुन पुगेको बताए । केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत पन्तले आग्रह गरेका छन् ।